न्यू योर्क। हरेक बर्ष अक्टोबर ८ का दिन मनाइने विश्व शेर्पा दिवस अर्थात ग्लोबल शेर्पा डे यस बर्षबाट शेर्पा संघ अमेरिकाले आयोजना गर्ने भएको छ। शेर्पा संघ अमेरिकाले पत्रकार सम्मेलन गरि दिवसको बारेमा सबै जानकारी दिएको हो ।
अक्टोबर ८ लाई बिश्व शेर्पा दिवसको मान्यता दिलाउन न्यू योर्क सिटि र राज्य स्तरमा पहल भईरहेको शेर्पा संघ अमेरिका अध्यक्ष पासङ दोर्जी शेर्पा एपी लामाले जानकारी दिए।
शेर्पा संघ अमेरिकाले सो अवसरमा शेर्पा युवाहरुलाई समेटेर डिजे डान्स पार्टी कार्यक्रम आयोजना गर्ने जनाएको छ। डिजे डान्स पार्टी कार्यक्रम बार्षिक रुपमा आयोजना हुने र सोही कार्यक्रमको उद्घाटन समारोहमा विश्व शेर्पा संघका संस्थापक अध्यक्ष आङ दोर्जी एडी शेर्पा सहभागी हुने संघको भनाइ छ।
सल्लाहकार आङ फुरी शेर्पाले युवाहरुलाई राजनीतिक क्षेत्रमा संगठित गर्नुपर्ने र सबै शेर्पामा राजनीतिक चेतनाको आवश्यक भएको सल्लाह दिए।
पत्रकार सम्मेलनमा सल्लाहकार आङ दावा शेर्पाले डिजे पार्टी युवाहरुलाई एक ठाउँमा ल्याउने महत्त्वपूर्ण कार्यक्रम भएको बताए। अर्का सल्लाहकार आङ फुरी शेर्पाले युवाहरुलाई राजनीतिक क्षेत्रमा संगठित गर्नुपर्ने र सबै शेर्पामा राजनीतिक चेतनाको आवश्यक भएको सल्लाह दिए। डिजे कर्यक्रममा नेपालका प्रथम डीजे तेन्जिङ शेर्पा सँगै न्यु योर्कको डिजे यल एस जङबु शेर्पाले साथ दिने छन्।
शेर्पा संस्कृति नयाँ पिडिलाई हस्तान्तरण गर्न शेर्पा कल्चर देखाउन, शेर्पा समन्धित नादिङ गीत प्रस्तुत गर्न, र शेर्पाका विषयमा उपायोगी प्रवचन तथा धार्मिक कुरा ज्ञान दिन डिजे कार्यक्रम गरिन लागेको संघको भनाइ छ।
विश्व शेर्पा संघका बरिस्ठ उपाध्यक्ष ङिमा शेर्पाले डिजे पार्टी राम्रो कार्यक्रम जिकिर गरे। उनले विश्व शेर्पा संघको सेप्टेम्बर ७ मा सम्पन्न बैठकले विश्व शेर्पा संघको पहिलो सम्मेलन भएको दिन अक्टोबर ८ लाई “विश्व शेर्पा दिवस” को रुपमा मनाउदै आएको र सबै देशको शेर्पा संघ तथा किदुगहरुलाई विश्व शेर्पा दिवस मनाउनु हुन अनुरोध गरे।
विश्व शेर्पा दिवस विश्व भर मनाउने निर्णय गरेको महासचिव आङ जङबु शेर्पाले जानकारी दिए। शेर्पा संस्कृति नयाँ पिडिलाई हस्तान्तरण गर्न शेर्पा कल्चर देखाउन, शेर्पा समन्धित नादिङ गीत प्रस्तुत गर्न, र शेर्पाका विषयमा उपायोगी प्रवचन तथा धार्मिक कुरा ज्ञान दिन डिजे कार्यक्रम गरिन लागेको संघको भनाइ छ। शेर्पा युवा लक्षित कार्यक्रम भएकाले कार्यक्रममा अंग्रेजी भाषा पनि प्रयोग हुनेछ।
शिखर सगरमाथामा सफलता पूर्वक आरोहण गरेका डीजे गायक तेन्जिङ शेर्पा सम्मानित।
अक्टोबर ८ लाई बिश्व शेर्पा दिवसको मान्यता दिलाउन न्यू योर्क सिटि र राज्य स्तरमा पहल भईरहेको शेर्पा संघ अमेरिका अध्यक्ष पासङ दोर्जी शेर्पा एपी लामाले जानकारी दिए।
साथै, ख्यातिप्राप्त नेपालका प्रथम डीजे गायक तेन्जिङ शेर्पाले २०२४ मे २१ मा विश्वको सर्वोच्च शिखर सगरमाथामा सफलता पूर्वक आरोहण गरेका छन्। उनले सगरमाथाको शिखरमा बिहान ४:४७ मा शेर्पा संघ अमेरिकाको लोगो अंकित झण्डा फहराएका थिए। संघले शेर्पालाई हर्दिक बधाईसहित खादा र माला लगाइदिएर सम्मान गरेको छ।
यो कार्यक्रममा बोस्टन, न्यु हेम्सायर, कनेक्टिकट, न्यु जर्सी, टेक्सास, नर्थ क्यारोलिना, क्यालिफोर्निया, सियाटल, कोलाराडो, वासिङटन डिसी लगायतका राज्यमा बसोबास गर्ने शेर्पा सहभागी हुने जनाइएको छ। संंघले आफ्ना बालबालिाकालाई पनि कार्यक्रममा सहभागी गराएर सहयोग गर्न अभिभावकलाई अनुरोध गरेको छ।





प्रतिक्रिया